काठमाडौं ।
नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधीका लागि आज साविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि खेलाइनेछ।
लगातार दोस्रो पटक फाइनल खेल्न लागेको धनगढी पहिलो पटक उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रनेछ। धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गदै लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो।
उता ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।पहिलो पटक फाइनलमा पुगेको ललितपुर पनि उपाधि होडमा छ। लिगमा उतारचढावपुर्ण यात्रा तय गरेको ललितपुर यो मौकालाई खेर जान दिने पक्षमा छैन।
एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ। लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन्।
प्रतिक्रिया