भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने

काठमाडौँ । सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गत कात्तिक १७ मा रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको जाजरकोट र रुकुम पश्चिममा आवास बनाउन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो। सो कार्यका लागि जिल्लामा जनशक्ति अपुग भएमा…