अष्ट्रेलियाको भ्रमणमा रहनुभएकी नेपालको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले सिड्नी, क्यानबेरा मेलबर्न र होबार्ट शहरको भ्रमण गर्नुभयो । उपमेयर डंगोलको यो दोश्रो औपचारिक विदेश भ्रमण हो । अष्ट्रेलिया सरकारको विशेष निमन्त्रणामा करिब साताव्यापी भ्रमणका लागि आउनुभएकी उपमेयर डंगोललाई हरेक शहरमा पुग्दा त्यहाँको नेपाली समूदायले पनि स्वागत गर्यो र अन्तरक्रिया समेत गरेर उनी लगायत काठमाडौं महानगरपालिका…