बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर


काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछाने, बलात्कारमा दोषि ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंले, नाबालिग बलात्कार आरोप लागेका लामिछानेलाई दोषी ठहर गरेको हो।

शुक्रबार न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेमाथिले बालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा उठाई करणी गरेको ठहर गरेको हो। ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन। मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन्।

यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ। कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए उनले भने ‘प्रतिवादी तथा परिवर्तित नाम गौसला २६ ६ १ ७९ ८० को करणी भएको देखियो नुवाकोटको बसाईसराई दर्ता रजिस्टर नारायणी उपक्षेत्रीय अस्पतालको डलिभरी रजिस्टार र परिवर्तित नाम गौसला २६ ६ १ ७९ ८० को वकपत्र र गाउँपालिका वडा २ वडा कार्यलयको प्रमाणबाट जन्ममिति २०६१-३-१८ मा भएको देखि १८ वर्ष पुगेको देखियो ।नीजको नाजुक आर्थिक अवस्थाको फाइदा उठाई सहमतिको करणी भएको देखियो।’

अब न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ। राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो। सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो।

त्यसलगत्तै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका सन्दिप २० असोजमा नेपाल फर्किएलगत्तै विमानस्थलमै पक्राउ परेका थिए। २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो।