बालकुमारी घटनाबारे छानबिन गर्न डीआईजी आचार्यको नेतृत्वमा समिति गठन

बालकुमारी घटनाबारे छानबिन गर्न डीआईजी आचार्यको नेतृत्वमा समिति गठन


काठमाडौं ।

दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे अध्ययन गर्न सरकारले छानबिनसमिति बनाएको छ। उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो। त्यसक्रममा दुई जनाको मृत्यु भएको छ। केही पक्राउ परेका छन्।