काठमाडौं ।
वीरगञ्जबाट पोखरा गइरहेको बस तनहुँमा दुर्घना हुँदा ३२ जना यात्रु घाइते भएका छन्। बिहीबार बिहान करिब ५ बजे वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बसम्याग्दे गाउँपालिका–६मौरीबजारमा दुर्घटनामा परि ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।
घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ। गम्भिर ३ जनालाई थपउपचारका लागि पोखरा पठाइएको डिएसपी खाँणले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया