इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेडले आर्सनललाई २-० ले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको आर्सनल पराजित भएको छ। विहीबार राति भएको खेलमा आर्सनल वेस्टह्याम युनाइटेडसँग २–० गोल अन्तरले पराजित भएको हो। घरेलु मैदान इमिरेट्समा आर्सनल पराजित भएसँगै लिभरपुललाई पछि पारेर शीर्ष स्थानमा उक्लने मौका गुमेको छ। लिभरपुल ४२ अंकका साथ शीर्ष स्थानमा रहँदा आर्सनल ४० अंकका साथ दोस्रो स्थानमा यथावत…