छोरा–बुहारी भेट्न जापान आएका विष्ट दम्पतीको कारको ठक्करबाट मृत्यु

छोरा–बुहारी भेट्न जापान आएका विष्ट दम्पतीको कारको ठक्करबाट मृत्यु


टोकियो ।

छोरा–बुहारी भेट्न भिजिट भिषामा जापान आएका एक दम्पतीको कारको ठक्करबाट ज्यान गएको छ। नेपालको रुकुम पश्चिम घर भएका विष्ट थरका दम्पतीको ओकिनावाको उरासो सहरमा बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा ज्यान गएको हो।

शनिबार साँझ नाहा सहर तर्फ जाँदै गरेको कारले ६२ वर्षका पदम विष्ट र ५६ वर्षकी लालसरी विष्टलाई ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि नजिकैको अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको समाचार एजेन्सी एनएचकेले जनाएको छ। ठक्कर दिने चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनसन्धान गरिरहेको समाचारमा जनाइएको छ।

विष्ट दम्पती भर्खरै जन्मेको नातिनीको मुख हेर्न दुई महिना अघि जापान आएका थिए।