एनसेल प्रकरणमा सरकार गम्भीर छ, दोषीलाई कारबाही गर्न पछि हट्दैन् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद-बिक्री स्वभाविक नभएकोले सरकार यो प्रकरणमा गम्भीर रहेको बताएका छन्। मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिद-बिक्री भएको जानकारी सञ्चारमाध्यमहरुमा चर्चामा आएसँगै त्यसलाई लिएर आफू गम्भीर रहेको बताए। दाहालले भने, ‘मैले दुबईमा नै यो…