काठमाडौं । जिम्बाब्वेविरुद्धको टी-२० सिरिजमा श्रीलंकाले अग्रता लिएको छ। कोलम्बोमा भएको पहिलो टी–२० खेलमा श्रीलंकाले जिम्बाब्वेलाई अन्तिम बलमा ३ विकेटले रोमाञ्चक जित दर्ता गर्दै तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको हो। पहिले ब्याटिङ जिम्बाब्वेले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनाएको थियो। जवाफमा श्रीलंकाले पूरा ओभर खेलेर ७ विकेट गुमाएर १४४ रन बनायो।…