काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ। कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै समूह चरणको अन्तिम खेलसहित समग्रमा ६ खेलमा जित हात पार्न सफल भयो। लुम्बिनीले पहिला ब्याटिङ गर्दै ३२.२ ओभरमा १०६ रन बनाएको थियो। लुम्बिनीका लागि शुसान्त थापाले २८ रन बनाउँदा निर्मल गुरुङले २७ रन नटआउट…