आज अस्ट्रेलियन डलर घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अस्ट्रेलियन डलर घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ७९ पैसा रहेको छ। सोमबारको तुलनामा आज अस्ट्रेलियन डलर ८ पैसाले घटेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३६ पैसा रहेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १९ पैसा र बिक्री दर १६७ रुपैयाँ ९४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।