लन्चेस्टनमा फिल्म ‘अगस्त्य’ को ‘प्रिमियर शो’ आज

लन्चेस्टनमा फिल्म ‘अगस्त्य’ को ‘प्रिमियर शो’ आज


तास्मानिया, अष्ट्रेलिया ।

तास्मानियाको लन्चेस्टनमा नेपाली चलचित्र अगस्त्यको प्रिमियर आज हुने छ। आज साँझ ७ बजे लन्चेस्टनको प्रिमियरिङ स्टार थिएटरमा फिल्म प्रदर्शन हुन लागेको हो। फिल्म फागुन १८ गतेबाट विश्वभर प्रदर्शनमा आएको थियो। अष्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन भइसकेको फिल्म अगत्स्य भोलि होबार्टमा पनि प्रर्दशन हुँदैछ।

सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म अगस्त्यमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायत कलाकारको अभिनय छ। फिल्मलाई संजय लामाले छायांकन गरेका हुन्। 

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। फिल्मलाई नेपालभर डिसिएनले वितरण गर्नेछ।