वीपीन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल जारी छ : प्रधानमन्त्री प्रचण्ड

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका वीपीन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन्। आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका दाहालले प्यालेस्टाइनी विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका हुन्। उनले भने,‘सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान…