‘मोदीबेनी’ साउन १८ मा रिलिज हुने

‘मोदीबेनी’ साउन १८ मा रिलिज हुने


काठमाडौं ।

फिल्म ‘मोदीबेनी’ आगामी साउन १८ गते रिलिज हुने भएको छ। फिल्मका निर्माता दिलीप केसीले वितरकसँगको सल्लाह अनुसार रिलिज घोषणा गरिएको बताए।

शंकर कोइराला निर्देशित फिल्मले पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनालाई प्रस्तुत गर्नेछ। फिल्मबाट अभिनेताका रुपमा कलाकार अमरप्रताप श्रेष्ठले डेब्यू गरेका छन् । उनको अपोजिटमा वर्षा शिवाकोटी छिन्।

फिल्मबाट अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन्। फिल्ममा प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिसलगायतको अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा आनन्दविक्रम क्षेत्रीको लेखन छ। दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ।

फिल्म रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्। फिल्मको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन्।