नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’, एक बर्षपछि मात्र संचालन हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नागढुंगा–सिस्ने खोला सुरुङमार्ग छिचोलिएको छ। निर्माण सुरु भएको ५३ महिनापछि प्रधानमन्त्री दाहालसहितको उपस्थितिमा सोमबार ‘ब्रेकथ्रु’ गरिएको हो। यो नेपालको पहिलो यातायात सुरुङ मार्ग हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य मार्गको…