काठमाडौं । यही असार २८ गतेबाट रिलिज हुने फिल्म ‘घर ज्वाइँ’ले काठमाडौंको सुन्धारास्थित टुँडिखेलबाट प्रचारप्रसार सुरु गरेको छ। असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर शनिबारदेखि फिल्मको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए। अर्थमन्त्री वर्षमान पुनले शुभारम्भ गरेको भूमे पर्व मेलाको कार्यक्रममा ‘घर ज्वाइँ’ का कलाकार दयाहाङ राई, मिरुना मगर,…