प्रतिशोध पुष्टि भएको झाको दावी, रास्वपाले अब काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

प्रतिशोध पुष्टि भएको झाको दावी, रास्वपाले अब काठमाडौं केन्द्रीत आन्दोलन गर्ने



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले आफुहरुले भनेजस्तै रवि लामिछानेमाथि प्रतिशोध साँधिएको पुष्टि भएको बताएका छन् । उनले झाले आफुहरु पोखरा रवि लामिछाने छुटाउन नआएको बरु कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको बताए । उनले भने,‘राजनीतिक प्रतिशोध छ म प्रमाणित गर्न सक्छु ।’ सहकारीको पैसा अरू मिडियामा आउँदा तिनको नाम नआउने तर गोरखा मिडियामा आउँदा रवि लामिछानेलाई मात्र थुन्ने गरेको भन्दै राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवर समेत मुछिएको अवस्थामा उनलाई कुनै कारबाही नगरेको उनको भनाई छ ।

सहकारी पीडितको ८७ अर्बको कुरा गर्दा ६५ करोडको मात्रै कुरा निकाल्ने र एउटै बोर्डमा भएको कोही राष्ट्रपतिको सल्लाहकार हुने कोहीलाई थुन्ने कुराले नै पूर्वाग्रह पुष्टि भएको झाको दाबी छ ।
यसैबीच, पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश सभापति राजन गौतमले अबको आन्दोलन काठमाडौं केन्द्रित हुने जानकारी दिएका छन् ।
गौतमले पत्रकार सम्मेलनमा भने, ‘हामी आन्दोलनलाई अब काठमाडौँ केन्द्रित गर्छौँ । पोखराको आन्दोलन आज अन्तिम हो ।’

पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।