काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुननिर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बस्नेछ। भूकम्पले क्षति पु¥याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी तयार गरेकोमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष सारिसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित छ। बुधबारको मन्त्रिपरिषद्…