काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको मकैको खोया घरमा सजाएर राख्ने घोषणा गरेका छन्। पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका ३३ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए। मकैको खोया प्रहारपछि सम्बोधन गर्दै रविले आफ्नो सपना पूरा नभएसम्म खोयालाई घरमा झुन्डाएर राख्ने घोषणा गरेका हुन्।…