मन्त्रिपरिषद् बैठक सिंहदरबारको नयाँ बैठक कक्षमा

मन्त्रिपरिषद् बैठक सिंहदरबारको नयाँ बैठक कक्षमा


काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुननिर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बस्नेछ।

भूकम्पले क्षति पु¥याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी तयार गरेकोमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष सारिसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित छ।

बुधबारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो। विहान १० बजे प्रधानमन्त्री दाहालले बैठक कक्षको अवलोकन गर्ने र लगत्तै सोही बैठककक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने सहरी विकासमन्त्री सीता गुरूङले जानकारी दिइन्।

यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री दाहालले १२० वर्ष पूरानो भवनको मुल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए।