काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अविरल वर्षापछि आएको बाढीपहिराका घटनामा परेका नागरिकको खोजी, उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ । देशका विभिन्न भागमा भएका विपद्का घटनालगत्तै सरकारले विपद् प्रतिकार्यलाई तदारुकताका साथ अघि बढाएको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले राससलाई जानकारी दिनुभयो । “विपद्का बेलामा जनताले…