सहकारी छानविन आयोगको प्रतिवेदन नबङ्याउन रविको आग्रह, गोर्खा मिडियामा खर्च भएको दायित्व लिन तयार

सहकारी छानविन आयोगको प्रतिवेदन नबङ्याउन रविको आग्रह, गोर्खा मिडियामा खर्च भएको दायित्व लिन तयार



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु छानविन प्रतिवेदनले दिएको निर्देशन अनुसार कानूनी कारवाहीको लागि तयार रहेको बताएका छन् । उनले प्रतिवेदनका आधारमा गोर्खा मिडियामा रकम आइसकेपछि त्यसको खर्च गरेको दायित्वबाट आफु पन्छिन नखोजेको तर काँग्रेस लगायतका ठूला दलहरुले आफुलाई सहकारीको रकम अपचलनमा झोस्न खोजेको भन्दै फेसबुक लाईभमार्फत स्पष्टीकरण दिए । उनले गरेको फेसबुक लाईभलाई ५० लाखभन्दा बढी पटक हेरिसकिएको छ । आफुले सञ्चारकर्मी हुँदा प्राप्त गरेको नामलाई दुरुपयोग गरेको आरोप लाग्नसक्ने भन्दै चुनावताका फेसबुकलाई समेत धेरै उपयोग नगरेको भन्दै सुरु गरेको स्पष्टीकरणमा यदि सहकारीको रकम अपचलनमा फसाउन खोजे प्रतिकारमा उत्रिन समर्थकहरुलाई तयार रहन निर्देशन समेत दिए ।

उनले भनेका छन् प्रतिवेदनले सहकारीको रकम अपचलनमा कुनै संलग्न देखिएन भनेर किटान गरिसक्यो, यसका संयोजकले विभिन्न मिडियामा छैन, उहाँको संलग्नता देखिएन भनिसक्नुभयो । त्यसैले सहकारी ठग सहकारी ठगी भनेर अब नउछाल्न आग्रह गर्दछु । अहिले काँग्रेस एमाले लगायतका केही दलहरुले त्यही विषयमा भ्रम फैलाउन पक्राउ गर्न खोजेको पनि उनले आशंका गरेका छन् । उनले दशैंको बिदाको समय पारेर पक्राउ गर्ने तयारी हुनसक्ने पनि आशंका गरे ।

आफ्नो पार्टी कार्यालयमा शुभचिन्तकहरुसहित जम्मा पारेर सोमबार राति भएको प्रकरण किन हुन पुग्यो पनि खुलाएका छन् । उनका अनुसार विभिन्न राष्ट्रियस्तरका, वरिष्ठ सम्पादक रहेका सञ्चारमाध्यम र दैनिकहरुले नै अब छवि पछि रविको पालो पक्राउ पूर्जी नै जारी भयो भनेपछि यस्तो स्थिति आएको उनको तर्क छ । तर, त्यो त होइन रहेछ । यसको जिम्मा लिनुपर्ने कि नपर्ने ? उनले सोधेका छन् ।
उनले गोर्खा मिडियामा मात्र नभई अहिलेको सत्ता गठबन्धन बनाइदिने अन्नपूर्ण मिडियामा पनि जीवी राईको सहकारीहरुबाट रकम आएको देखिएको छ । अनि तिनलाई चाहीँ केही गर्ननपर्ने ? उनले बारम्बार यो प्रश्न गरेका छन् ।