रवि लामिछाने भन्छन् – “सक्छौ भने पक्राउ गर, मिडिया ट्रायल धेरै भो !”

रवि लामिछाने भन्छन् – “सक्छौ भने पक्राउ गर, मिडिया ट्रायल धेरै भो !”



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमाथि मिडिया ट्रायल भएको बताएका छन् । उनले सहकारी प्रकरणमा प्रमाण भए पक्राउ गरेर देखाउन चुनोती पनि दिएका छन् । उनले विभिन्न षड्यन्त्र गरेर पार्टी सिध्याउने, रविलाई जेल पठाउने प्रयास भइरहेको भन्दै यस्तो हुन नदिने चेतावनी दिएका छन् ।

आफ्नो कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, मलाई भरोसा छैन । यो सरकारले जे पनि गर्न सक्छ । दुई तिहाईको सरकार छ त्यसैले सबैजना अलर्टमा रहनुहोला ।

सरकारले चाल्ने सबै कदमलाई परास्त गर्न उनको अठोट थियो । उनले भने, मलाई र रास्वपालाई तिमीहरुले केही विगार्न सक्दैनौ, सक्दै त सक्दैनौ । यसपछि कार्यालयबाट निस्किएका उनले एक ट्वीट गर्दै न्यूयोर्कबाट आँखा नसन्काउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । उनले बाँकी आज सोमबार बताउने भनेका छन् ।