गायक रवि ओडले प्रहरी समक्ष आत्मसमर्पण गरे

काठमाडौँ । नेपाल आइडल–२ का विजेता रवि ओड प्रहरी कार्यालयमा आफै उपस्थित भएका छन्। बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफै उपस्थित भएका हुन्। ओडविरुद्ध आफ्नै श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। ओडकी श्रीमतीले २०८० चैत २० गते उजुरी दिएकी थिइन् । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर…