काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। सडक दुर्घटनामा परेपछि सामाजिक सञ्जालमा लेख्दै भूसालले अहिले सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचाररत रहेको जानकारी दिएका छन्।
उनले कुनै पनि प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको र मेडिकल जाँचका रिपोर्टहरु समेत सामान्य रहेको उल्लेख गरेका छन् ।
‘सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको, साथै मेडिकल टेस्टको हालसम्मको रिपोर्टहरू समेत सामान्य रहेको जानकारी गराउँदै चासो–चिन्ता व्यक्त गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु।’ भूसालले लेखेका छन्।
शुक्रबार बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।
यो पनि…
प्रतिक्रिया