काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण सात महिनापछि शुक्रबार रिहा हुँदैछन्। बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाँण शुक्रबार धरौटी बुझाएर रिहा हुन लागेका हुन्। खाँण पक्षका वकिल वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उच्चको आदेशबमाजिम शुक्रबार काठमाडौं जिल्ला अदालतमा धरौटी…