काठमाडौँ ।
नेकपा एमालेले प्रतिनिधि सभा सभामुखमा उम्मेदवारी दिएको छ। बुधबार संघीय संसद् सचिवालय पुगेर एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा सुवाश नेम्बाङ र समर्थकमा रवि लामिछाने, राजेन्द्र लिङदेन र हितराज पाण्डे रहेका छन्। उनी सत्ता गठबन्धनका उम्मेदवार हुन्।
बिहीबार हुने सभामुखको चुनावका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार सभामुख एमालेले लिने सहमित भएको छ ।
झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलका तर्फबाट सभामुखको उम्मेदवार बनाउन लागिएको हो।
प्रतिक्रिया