उपसभामुखमा दुई जनाको उम्मेदवारी

काठमाडौँ । उपसभामुख पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुईजनाको मात्र उम्मेदवारी परेको हो । सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी…