काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालुवाटार पुगेका छन्। सोमबार बिहान मेयर शाह प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।
उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पछिल्लो समय मेयर शाहका कामकारबाहीलाई लिएर काठमाडौंका बासिन्दाहरूले विरोधसमेत गरिरहेका छन् । निजी सम्पत्तिमा महानगरले क्षति पुर्याएको भन्दै आन्दोलनसमेत भइरहेको छ।
प्रतिक्रिया