दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो ।