रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा

रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा


कामठाडौँ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । सोमबार सभामुख देवराज घिमिरेसमक्षमा पौडेलले राजीनामा बुझाएका हुन् ।

गत बिहीबार राष्ट्रपति पदमा निर्वाचित पौडेलले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघि उनले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका हुन् । उनी तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।