राष्ट्रपति पौडेललाई भारत र चीनको बधाई

राष्ट्रपति पौडेललाई भारत र चीनको बधाई


कामठाडौँ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएकी छन् । पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन् ।

पछिल्लो केही वर्षयता दुई देशबीचको सम्बन्धले विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको र त्यसले दुवै देशका नागरिकलाई लाभ मिलेको बधाई सन्देशमा उल्लेख गरिएको छ। द्विपक्षीय सम्बन्ध थप मजबुद बनाउनका लागि पौडेलसँग मिलेर काम गर्ने विश्वास लिएको मुर्मुद्वारा विज्ञप्तिमा उल्लेख छ ।

यस्तै उत्तरी छिमेकी मुलुक चीनले पनि नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिएको छ । काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामकना दिएका छन् । उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।