काठमाडौँ । नेकपा (एमाले) को प्रमुख सचेतकमा सांसद पदम गिरी मनोनित भएका छन् । एमाले पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई आइतबार प्रमुख सचेतकमा मनोनित गरेका हुन् । यसैगरी, सचेतकमा सांसद महेशकुमार बर्तौलालाई मनोनित गरिएको मनोनयन पत्रमा उल्लेख छ। उनीहरुलाई एमाले संसदीय दलको विधान, २०७७ बमोजिम मनोनित गरिएको जनाइएको छ।