काठमाडौं । निर्वाचन आयोगले आउँदो चैत ३ गतेका लागि तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअगावै अर्थात् आज राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागु गरिएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को…