नागरिकता विधेयकको बारेमा राष्ट्रपतिले कानूनविद्हरूसँग परामर्श गर्दै

काठमाडौँ । रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न राष्ट्रपति रामचन्द्र पौडेलले कानूनविद्हरूसँग परामर्श गर्ने भएका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले आज दिउँसो १ बजे कानूनविद्हरूसँग परामर्श गर्न लागेका हुन् । यसअघि नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवासमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सो विधेयक पठाइएको भए पनि भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो…