काठमाडौँ । मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी भएको छ । शनिबार राति भएकोइङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले पराजित गर्दै लिभरपुल बिजयी भएको हो ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको १३औं मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए। भर्जिल भान्डाइकले पासलाई
सदुपयोग गर्दै सालाहले पहिलो हाफमा नै १–० को अ अग्ता कायम गराउन सफल भए ।
त्यसपछि दुवै टिमवाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैवाट पनि गोल हुन सकेन । अन्ततः खेल १–० मा नै टुंग्याउँदै लिभरपुल बिजयी भयो ।
लिग तालिकाको पाँचौं स्थानमा रहेको लिभरपुलले यस जितसँगै ३५ खेलबाट ६२ अंक बटुलेको छ भने समान खेलबाट ५० अंकसहित ब्रेन्टफोर्ड नवौं स्थानमा सिमित रहेको छ ।
प्रतिक्रिया