विश्वकप क्रिकेट : न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत सोमबार रातिको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको छ। न्युजिल्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो। न्युजिल्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्स भने यसअघि पहिलो खेलमा पनि पाकिस्तानसित ८१ रनले पराजित भएको थियो। भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोज्यो ।…