काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सबै राजनीतिक दलहरुले लड्नुपर्ने साझा विषय देशको गरिबी र भ्रष्टाचार भएको बताएका छन्। आज नेपाली काङ्ग्रेसको चियापान कार्यक्रममा उनले राजनीतिक दलहरुले लड्नुपर्ने विषय साझा भएको भन्दै राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै भएको बताए।
उनले भने, ‘सबै राजनीतिक दलहरुले लड्नुपर्ने साझा विषय छ। देशको गरिबी हो, भ्रष्टाचार हो। चुनावका हिसाबले लड्नु पर्ने कुरा बेग्लै होला, हामी चुनाव बाहेक अरु विषयमा लड्ने कुरा छैन्। हामीले लड्नु पर्ने विषय नै साझा हो। राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै हो। अरु बेला भनेको देशका अन्य विषयहरु साझा हुन्।’
उनले बीपी कोइरालासँग तुलना गर्ने सामथ्र्य नभएको भन्दैबीपी आदर्शहरुलाई आत्मसाथ मात्रै गर्न सक्ने बताए। कहाँ बीपी कहाँ हामी ? हामीले कयौँ प्रयासहरु गनुपर्ने हुन्छ, त्यो बहुआयामिक व्यक्तित्व, राजनीतिक चेत, त्याग, तपस्या, विधान, आदर्श सबै कुरा हामीले पढ्न र सिक्न मात्रै सक्छौ।’ उनले भने, ‘तुलना त धेरै परको कुरा हो मेरा लागि विशेष गरी, हाम्रो तुलना त हुन सक्दैँन्। तर म सिक्न चाही सक्छौ। विभिन्न कालखण्डमा उहाँले गर्नु भएको उच्च राजनीतिक चरित्र छ, त्यसकारण हामी सिक्न धेरै सक्छौ। तर तुलना गर्ने सामथ्र्य छैन्।’
उनले रास्वपाको चुनौती नेपाली जनताले छोटो समयमा गरेको विश्वासलाई पुष्टि गर्ने, पार्टी निमार्ण गर्ने रदस्तावेज निमार्ण गर्ने भएको भन्दै जिम्मेवारी जुन राजनीति दलको काँघमा छ त्यो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
प्रतिक्रिया