विश्वकप क्रिकेटः न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमाञ्चक जीत

विश्वकप क्रिकेटः न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमाञ्चक जीत


काठमाडौँ ।

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डमाथि अष्ट्रेलियाले रोमाञ्चक जीत निकालेको छ। शनिवार साँझ भएको खेलमा न्युजिल्यान्डमाथि अष्ट्रेलियाले ५ रनको रोमाञ्चक जीत निकोलेको हो।

अष्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य न्युजिल्यान्डले भेट्टाउन सकेन। न्युजिल्यान्डले ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३८३ मात्र बनायो। न्युजिल्यान्डका लागि रचित रवीन्द्रले शतकीय पारी खेल्दै ११६ रन बनाए। यस्तै जेम्स निशम र डरेल मिचेलले अर्धशतकीय पारी खेले। निशमले ५८ तथा मिचेलले ५४ रन जोडे।

अष्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि ट्राभिस हेडले शतक प्रहार गरे। उनले ५८ बलमा १०० रन बनाएका हुन्। यस क्रममा उनले ६ छक्का र १० चौका प्रहार गरेका थिए। हेड सर्वाधिक १०९ रन बनाउँदै आउट भए।

न्युजिल्याण्डविरुद्ध आक्रामक शुरूआत गरेका गरेको अष्ट्रेलियाका लागि डेभिड वार्नर ८१ रन बनाए। अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ रन जोडे।

न्युजिल्यान्डका ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले सर्वाधिक ३–३ विकेट लिए। अष्ट्रेलिया ८ अंकसहित तेस्रो स्थानमा कायमै छ।