काठमाडौँ । इजरायलबाट नेपाल फर्किन चाहने नेपाली तेलअभिभ एयरपोर्टमा भेला भएका छन्। हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एयरलाईन्स पुग्ने भएपछि २ सय ५० जना नेपाली त्यहाँ पुगेका हुन्। नेपाल फर्किन लागेका विद्यार्थी लुईस रिजालले नेपालीहरु एयरपोर्टमा जम्मा भएको जानकारी दिएका छन्। इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका…