मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्र्रेलियास्थित नेपाली राजदूतावासले पासपोर्ट बनाउनका लागि व्यक्तिगत विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको छ। राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै पासपोर्ट बनाउन प्रि–इनरोलमेन्ट फर्म भर्नका लागि व्यक्तिगत विवरण कसैलाई नदिन सचेत गराएको हो।
राजदूतावासले ई–पासपोर्टका लागि प्रि–इनरोलमेन्ट फर्म हरेक दिनको १० बजेदेखि खुल्ने र आवेदकले नै फाराम भर्न सकिने छ। पछिल्लो समय सामाजिक सञ्जालमा ई–पासपोर्टका लागि प्रि–इनरोलमेन्ट फारम भरिदिने भन्दै विज्ञापन गरिएकोप्रति दूतावासको ध्यानाकर्षण भएको छ। अपरिचित व्यक्तिले गरेको प्रचारमा विश्वास गरेर व्यक्तिगत विवरण दिँदा ती विवरण दुरूपयोग हुनसक्ने छ, राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
दूतावासले पासपोर्ट बनाउन अत्यावश्यक परेको तर समस्या भएको खण्डमा [email protected] मा इमेल गरेर जानकारी दिन समेत आग्रह गरेको छ।
प्रतिक्रिया