एनआरएन केन्द्रीय कार्यालयमा तनाव, फोटो खिच्न खोज्दा पत्रकारमाथि हातपात

एनआरएन केन्द्रीय कार्यालयमा तनाव, फोटो खिच्न खोज्दा पत्रकारमाथि हातपात


काठमाडौँ ।

गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा तनाव भएको छ। मंगलबार एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यक्रम भइरहेका बेला त्यहाँ पुगेका पत्रकारले फोटो खिच्न थालेपछि विवाद भएको र फोटो डिलेट गर्न भनेपछि युवासंघका कार्यकर्ताले हातपात गरेको पत्रकार ओम शर्माले बताए।

पत्रकार शर्माको मुखमा चोट लागेको छ। कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला आर के शर्मासहितको टोली पुगेपछि विवाद र हातपात भएको बद्री केसी समुहले बताएको छ।

पराजित पक्षले वाईसिएल कार्यकर्ताको सहयोगमा केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको दाबी छ। पराजित पक्षले भने युवासंघका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन्।