विश्वकप छनोट : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थानपक्का गरेको छ। मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १–० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गरेको हो। पहिलो लेगमा १–१ को बराबरी खेलेको नेपाल समग्रमा २–१ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो।…