मेलबर्न, अष्ट्रेलिया । गायक सुगम पोखरेलले माफी मागेका छन्। तिहार म्युजिकल मेलाका लागि ब्रिस्वेन पुगेका उनले दर्शक मेरा भगवान् हुन् भन्दै एडिलेडको घटनाका लागी दुई हात जोडेर क्षमा दिन आग्रह गरेका हुन्।
नेपाल ट्युवसँग कुरा गर्दै गायक पोखरेलले भने, पहिला त माफी माग्न चाहन्छु। आइएम भेरी सरी। मबाटै गल्ती भएको हो। म अलि बढी भावनामा बगे। मेरो भगवान् रुपी दर्शकहरूप्रति मैले कहिले पनि अनादर गरेको छैन। म आज यही नेपाली समाजले बनाएर गायक भएको हुँ। त्यो दिन मैले पिउनु हुँदैन थियो। नेपालमा भुइँचालो गएर मान्छेहरु बितिरहनु भा‘थ्यो। मलाई मनमा कस्तो अप्ठ्यारो भइराथ्यो भन्दाखेरि अरे यार म गीत गाउन आइरहेको छु, उता त्यस्तो भइरहेको छ। कत्तिको आफ्नो परिवार बित्नुभएको छ । मैले सोचें– एकछिन मौन धारण गरुँ। अरु तपाईंले भिडियोमा देख्न सक्नुहुन्छ। नेपालीले गर्दा खेरी म बनेको हुँ। नेपालीलाई दुख्दा खेरी मलाई दुख्छ। म खराब हैन अहिले मेरो समय खराब छ। त्यो दिन मेरो नियत गलत थिएन। मरो कमजोरी भनेको मैले मदिरा सेवन गरेको थिए।’
उनले आइन्दा यस्तो गल्ती नहुने प्रतिबद्धता समेत जनाएका छन्। अष्ट्रेलियाको एडिलेडको कन्सर्टमा गायक पोखरेलले फ्यानलाई माइकले झटारो हानेपछि उनको चौतर्फि आलोचना भएको थियो।
यो पनि..
प्रतिक्रिया