जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प


कामठाडौँ ।

जाजरकोटमा फेरि भूकम्पको धक्का महशुस भएको छ। अपराह्न ४ बजेर ३१ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ।

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पपछि मानिसहरू सुरक्षित स्थानमा गएका छन्। यो परकम्पले जाजरकोट, कालिकोट, कैलाली, रुकुम पश्चिमसहितका जिल्लामा धक्का महसुस भएको छ।

भूकम्पको धक्का काठमाडौंदेखि दिल्लीसम्म महसुस भएको थियो। भारतीय समाचार एजेन्सी एनआईले दिल्लीमा भूकम्पको धक्का महसुस भएको उल्लेख गरेको छ।