काठमाडौँ ।
युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने भएका छन् ।
भूकम्प प्रभावित नागरिकको अवस्था बुझ्न उनी त्यस क्षेत्रमा जान लागेका हुन्।
राष्ट्रपति बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए। भूकम्पको विपत्तिमा देश परेको बेला युरोप भ्रमण उपयुक्त नहुने भन्दै जनदवाब बढेपछि राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गरेका थिए।
सो भ्रमण स्थगित भएपछि राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित दुई जिल्लाको स्थलगत अवोलकनमा निस्कन लागेका हुन्। जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन्।

प्रतिक्रिया