काठमाडौँ ।
मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्। प्रसाईं घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको छ।
आज शुक्रबार पनि प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएपछि उनलाई घरबाटसमेत निस्कन नदिई आफ्नै घरमा नजरबन्द गराउने उदेश्यसहित प्रहरीले घेरा हालेको बताइएको छ।
गणतन्त्र विरोधी अभियानमा लागेका प्रसाईं समूहका ५ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरु ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ। कार्यकर्ताहरु पक्राउ परको भन्दै प्रसाईंले पत्रकार सम्मेलन गर्ने बताएका छन्।
बिहिबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए। दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना राजावादीलाई पक्राउ गरिएको प्रहरीकाे भनाइ छ। पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन्। खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन्।
प्रतिक्रिया