काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हरायो । जितसँगै ३७ अंक जोडेको लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। मोहमद सलाहले खेलको ७६औँ मिनेटमा र हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई जिताए। सलाह लिभरपुलका लागि…