काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण सभामुख देवराज घिमिरेले चार दिनका लागि संसद बैठक स्थगित गरेका छन्। बुधबार आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरे। गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायमै राखेको कांग्रेसले आकस्मिक समयमा सदन सञ्चालन गर्न दिएपनि शून्य समय प्रारम्भ गर्न खोज्दा अवरोध गरेको…